Sunday, May 14, 2023

विभेदको जरामुनी गाडिएको प्रेम


/fte/Lsf] ofqf, laxfg sf7df08f}+ x'Fb} eStk'/ p:sf] 3/ k'u]of}+ . pm cyf{t ;'zg . h:nfO{ d}n] ;kgfsf] dfq geO{ jf:tljs hLjgsf] klg /fhs'df/ dfg]sL lyPF .

s'g} ;do p:n] eg]sf] lyof] sf7df08f} uof} eg] xf]6ndf ga:g' x} . 3/df uP/ a:g' . 3/ x'Fbfx'Fb} afxL/ a;]sf] yfxf kfPF eg] /fd|f] x'g]5}g lg km]/L . p:sf] s'/fnfO{ s;/L kf] sf6\g ;Sy]+ / d < To;}n] eStk'/sf] u]i6 xfp;df tflnd k/]s} cj;/df p;}sf] 3/ uPsL lyPF d . ;fyL;Fu} . 

d ;'zgsf] 3/ hfFbf pm cd]l/sfdf lyof] . pm g]kfnd} x'Fbf v]/L g} d]/f] ;fyLnfO{ p:n] cfkm\gf] 3/df klxNo} nlu;s]sf] lyof] . To;}n] klxnf] k6s dx]zsf] 3/df hfg g af6f] ;f]Wg' kof]{ g t nf]s]zg g} . 

;fyLn] ;xh} lnP/ uO{ d]/f] ;kgf / ljkgfsf] /fhs'df/sf] 3/df . p:sf] 3/ k'UgnfO{ dg km'?+u lyof] . s:tf] xf]nf Tof] 3/ < /ftL ;w}+ s'/f ubf{ em\ofnsf] ;fgf] kNnf vf]n]/ ToxL vf]lnPsf] em\ofndf l;/fgLdf sf]N6] kb}{ d;+u s'/f u/L /x]sf] 5' eGYof] Tof] em\ofn s:tf] 5 xf]nf < x]g{nfO{ d]/f cfFvf cQflnPsf lyP . 

dfd' 5]pm d} x'Fbf d]/f] kmf]gn] pm cK7\of/f]df k/]sf] s'/f ;'gfpFb} kv{ x} d ln:gf] r9]/ dfyL sf]7fdf hfFb}5' eGYof] . p:n] r9\g] Tof] sf7sf] ln:gf] s:tf] 5 xf]nf < clg p:sf] sf]7f klg . tL ;a}nfO{ glhs}af6 d]/f oL xftx?n] ;'D;'DofpgnfO{ dg cft'/ lyof] . 

dgdf ePsf d]/f oL efjgfx?nfO{ dgdf g} s}b u/]/ d p:sf] 3/df hfFb} ubf{ pm 3/df 5}g . pm lagfsf] 3/df d pm;Fu hf]l8Psf ;a} ofbx?nfO{ af]s]/ hfFb} lyPF . hlthlt kfO{nf p:sf] 3/d glhs k'Ub} lyof] pltplt d]/f] dgdf 9's9'sLn] xnrn dRrofO{ /x]sf] lyof] . 

;'zgsf] 3/k/Ljf/;+u b]vfe]6 gePklg d]/f] af/]df p:sf] 3/df ;a}nfO{ yfxf lyof] . To;}n] klg xf]nf pm lagfsf] Tof] 3/df klg d]/f] Aou| kvf{O ePsf] . w'nfDo eP/ k'u]sf] xfdLnfO{ af6f]s} 5]pmdf 3/sf] lk+9Ldf plEeP/ p:sL cfdfn] :jfut ug{ w'nf] vfFb} kvL{ /xg' ePsf] lyof] . 

dnfO{ cfhklg ;Demgf 5 Tof] knsf] . pxfFn] xfdLnfO{ b]Vgf;fy d'xf/df v'zL 55NsofpFb} cfO{ k'Uof} gfgLx? < eGb} 3/ cuf8Lsf] rf]6faf6 af6}df cf]ln{P/ xfd|f] emf]nf af]Sg cfO{ k'Ug' ePsf] lyof] . pxfFnfO{ emf]nf af]Sg t s] lbGYof}+ / < To}klg pxfFsf] Tof] dfof b]v]/ d dg} dg b+u lyPF . 

3/dfly plSnof}+ . 9f]u e]6 eof] . kmf]gdf af]ln/x]sf] x'gfn] dnfO{ Tof] e]6 klxnf] ePklg vf;} cx;h eg] nfu]g . d]/L ;fyL klxnf g} Tof] 3/df dx]z 5Fb} uO{ ;s]sL x'gfn] pm ;/f;/ leq k;L . dklg p;}nfO{ kR5\ofpFb} leq k:g} nfUbf dfd'n] dnfO{ Psl5g ot} a;]/ s'/f u/f}+ g 5f]/L eGb} xtf/xtf/ ;f]Wg' eof],…ltdLs] y/L <Ú 

d}n] d':s'/fpFb} eg]+, ;'zgn] eg]sf] 5}g / < pxfFn] xfF:b} eGg'eof] 5}g gL, ltd|f] af/]df s'/f u/]/} yfSb}gYof] . d}n] eg] P=====d du/ xf] dfd' . …P=====du/ kf] <Ú pxfFn] cln ;s; dfg] em}+ u/L d;+u;+u} d]/f] hft bf]xf]of{pg' eof] . d}n] lsg / dfd' < eg]/ ;f]w]+ . pxfFn] eGg'eof],…d}n] t c? g} hft ;f]r]sL lyPF . du/ kf] k/L 5f} . du/ ePlg /fd|L /lx5\of} .Ú 

d dgdg} xfF;]+ . pxfFn] dnfO{ xfdL a:g] sf]7f b]vfpg'eof] . ;fFemsf] vfgfvfg] ;do eof] . c;lhnf] dfGb} dfd'n] eGg' eof]–…5f]/L cFu]gf / leqafxL/ ubf{ e¥ofªaf6 cf]ln{P/ hfg] af6f] Pp6} k¥of] To;f] x'gfn] cK7]/f] gdfgL cNnL otf a; n ÛÚ d}n]klg s]xL gdfg] em}+ u/L x'G5 lg dfd' . stf a:g] < eg]/ ;f]w]+ . 

pxfFn] dnfO{ sf7sf] ln:gf]sf] 5]p lg/ cf]R5\ofO{Psf] sf7sf] lksf{ b]vfpg'eof] . d ToxL lksf{df 6';'Ss} a;]+ . d;Fu uPsL ;fyL eg] cu]gfsf] 5]pmd} pxfF / dx]zsf] efph' clg gfgL afa'x?;+u} a;L . dnfO{ eg] Pp6} 5fgf d'gL c56\6} a;flnbf crlDdt eO{/x] . d a;]sf] 7fpF k5f8Laf6 l5Kk]sfaf]sfx? uGw 5f]8L/x]sf lyP . 

xfdL kfx'gfx?nfO{ elg lgs} d]xgtsf ;fy d/d;nfxfnL ksfO{Psf] df;'sf] af:gf eGbf klg af]sfsf] uGw a9L lyof] dnfO{ . vfg] ;dodf af]sfx? a///=====al8\sDnf emfy]{ . yfndf knf{ ls eGg] 8/ . 7fpF ;f6]/ a;f}+ ls em}+ nfUof] . t/ dnfO{ ToxL a;flnPsf] x'gfn] 7fpF ;g]{ lxDdt cfPg . ;f]r]+ cFu]gf 5]pdf 7fpF x'FbfxF'b} klg lsg dnfO{ oL af]sfx?sf] /flvPsf] xf]nf < 

;+u}+sf] ;fyL / dnfO{ u/LPsf] dfd'sf] Jojxf/n] stfstL gdHhf agfof] . ;'v]{t b]lv eQmk'/ ;Ddsf] ofqfsf] ysfgn] 5f]8\of] a? t/ Tof] lje]bsf] lk8fn] 5f8]g . d}n] ;f]r]sf] dx]zsf] 3/ clg d}n] hfFbf hfFb} ef]Ug' k/]sf] ;'zgsf] 3/ w]/} km/s kfPF . s] d du/ / ;fyL afx'g ePsf]n] g} o:tf] e]befj u/LPsf] xf] t < 

;f]Rg afWo ePF . of] @)^% ;fnsf] s'/f xf] . Tof]] a;fO{df ;+of]un] s[i0fhGdfi6dL klg k/]sf] lyof] . k'hf ;s]/ u]i6 xfp; uPx'G5 eg]/ dfd'n] lhlB ug{'eof] . ;'zgsf] 3/af6 rfFu'gf/fo0f dGbL/ glhs} lyof] . 

k"hfsf] yfnL / ;fdfu|L d}n] ;dfTbf 5f]O{G5 eg]/ dfd'n] ;fyL / efph'nfO{ ;fdfu|L ;dfTg nufO{ dnfO{ cfkm';+u} cfkm\gf syf ;'gfpFb} lx+8fpg' eof] . pxfFsf Tof] Jojxf/nfO{ haha d ;DemG5' tata dnfO{ cfh} em}+ nfU5 dnfO{ tL lbgx? . 

;+u} uPsL ;fyL / dnfO{ ul/Psf] dfd'sf] Jojxf/n] dnfO{ TofxfF a:g} dg nfuL /x]sf] lyPg . ld7f] af]nLdf dfd'sf] dfofn' lje]bsf] lj/f]w ug{ klg ;ls/x]sL lyO{g . cfkm'nfO{ c;xh dx;'; x'Fbfx'Fb} klg pxfFsf] lje]bk'0f{ lgodnfO{ kR5\ofpg' afx]s d;+u csf]{ pkfo klg lyPg . d}n] dfof u/]sf] dfG5]sf] cfdf hf] x'g'GYof] pxfF . 

dx]znfO{ yfxf lyof] xfdL p:sf] 3/df uPsf] s'/f . Ps dgn] eGof] elglbpF ls Sof xf] cfdfsf] ;a} Jojxf/x? p:nfO{ . km]/L csf]{ dgn] eGof] eg]/ cflv/ s] g} x'G5 / ;ft ;d'Gb| kf/Laf6 p:sf] dg dfq b'Vg] xf] . o:t} b'ljwfsf] aLrdf cfkm}nfO{ pNemfO{ /x]+ t/ p:nfO{ s]xL klg elgg . cfh o;} syfaf6 Tof] ofqfsf] syf ;'gfpFb} 5' . olb p:n] of] d]/f] syf ;'lg/x]sf] 5 eg] ;fob pm klg crlDdt x'g]5 . 

;fyLsf] dfd'n] dfq xf]O{g /x]5, eQmk/sf] ;flss lkv]n uf=lj=;sf k|fon] hflto 5'jf5'tnfO{ k/Dk/f g} dfGbf /x]5g\ . k/Dk/fsf] ljkl/t uP 3/nfO{, 3/nfO{ geP cfkmGtnfO{ clg O{i6ldqnfO{ / ltgnfO{ klg geP l5d]sLnfO{ æ5]bÆ nfU5 eGg] dfGotf /x]5 . b'ef{Uoa;\ d klg ToxL dfGotfn] uf8]sf] h/f d'lg ul8g k'u]5' . clg d;+u} d]/f] / p:sf] k|]d klg . 

Tuesday, April 25, 2023

आर्मीहरु फटाहा हुन्छन, जाहाँ जान्छन् त्यही श्रीमती बनाउँछन्


रुपनी जि एम, काठमाण्डौ । एक दिन मलाई एक जना अधिकारकर्मी दिदीको फोन आयो–“बैनी तपाँई काहाँ हुनु हुन्छ ? जाहाँ भएनी हामीसंग तपाँई आर्मीको ब्यारेकमा गईदिनु पर्ने भयो ।” मैले कारण सोध्याद उहाँले, “आर्मी लोग्नेद्धारा पिडीत बनाईएको महिलाको केस हो ।” भन्नुभयो,“आर्मीहरु फटाहा हुन्छन् । यीनीहरुले महिलाहरुलार्ई निकै नै दुःख दिन्छन् । यीनीहरुको हृयदमा महिला प्रति कुनै दया माया हुँदैन । त्यसमा पनि श्रीमती प्रति त झनै हुंदैन । जाहाँ गयो त्यही श्रीमती बनाउन खप्पिस् हुन्छन् ।” 

यस्ता अझैं के के भनाईहरु सुन्दै हुर्किएकी मलाई ती अधिकारकर्मी दिदीको भनाईले सार्थक पारि दिए झैं लाग्यो । समाजिक वातावरणले मेरो मानसपटलमा नेपाली सेना प्रती यस्तो छाप छोडेको थियो । समाजमा देखिएका कतिपय घटनाले मेरो मस्तिष्कमा यस्तो छाप परेको हुन सक्छ । त्यो दिन त्यसरी फोन आउँदा म त्यही पुर्वाग्रही मानसिकता बोकेर नेपाली सेनाको ब्यारेक तिर लागें ।

माघको यस्तै दोश्रो साता हो । जाडो महिनामा झण्डै डेढ महिना घामको मुख देख्न पाइँदैन तराईमा । त्यो दिन घाम लागेको भएर होला ममा पनि निकै उर्जा थियो । वास्तविकता जान्ने उत्सुकताले मलाई खाना खाने समय पनि खेर फाल्न मन लागेन र झोला बोकेर हिंडे आर्मी ब्यारेक तिर । त्याहाँ पुग्दा बिहानको यस्तै १० बजेको हुँदो हो । ब्यारेकको कम्पाउण्ड भित्र रहेको प्रतिक्षालयमा पीडित महिला सानो बच्चा काखमा लिएर बसीरहेकी थिईन् । त्यस बाहेक अधिकारकर्मी र पीडित महिलाका केही आफन्त पनि संगै थिए । 

त्यही समुहमा गएर म पनि मिसिएँ । झण्डै १५ मिनेट हामी त्यसै त्यो प्रतिक्षालयमा कर्णेल सरको प्रतिक्षामा बस्यौं । त्यो पर्खाईको समयमा ती पिडीत भनिएकी महिलाको अनुहारमा देखिएको उदासी र उनको काखमा रहेको अवोध वच्चाको अवस्था देखेर मेरो मन चसक्क भयो । उनलाई पिडाको त्यस्तो अवस्थामा पु¥याउने सैनिक प्रति झन घृणा जागेर आयो । अनि रिस पनि उठ्यो । करिव १५ मिनट पछि कर्णेल हामी बसेको प्रतिक्षालयमा आई पुगे । 

सानो नानी काखमा राखेर मलिन अनुहार लिएर बसेकी तृप्ति (नाम परीवर्तन) केही चनाखो भईन् । उनी त्यहाँ न्यायको अपेक्षा लिएर गएकी थिईन् । कर्णेल आए पछि उनको कथा सुरु भयो । सन्दिपसंग विवाह हुनुपुर्व उनी कुनै गैरसरकारी संस्थामा कार्यरत थिईन् । चार वर्ष अघि नेपाली सेनामा कार्यरत सन्दिप (नाम परिवर्तन) संग उनको विवाह भएको थियो । उनी भन्दै थिईन्,“विवाह पछि मलाई जागिर नर्गन भनेर यसैले भन्यो र मैले पनि लोग्ने हो भनेको मान्नु पर्छ भनेर जागिर छाडें । अहिले मलाई एक रुपैंया पनि दिंदैन । माग्दा तँलाई बसिबसि पाल्न ल्याएको हुँ र रु भन्दै रातदिन पिट्छ । आफु अरुसंग लागेको छ उल्टै मलाई जेठाज्युसंग लागेकी भनेर मेरो चरित्रमा दाग लगाएको छ ।”

उनको त्यो कुरा सुन्दा मलाई लाग्यो यस्तो सीमा नाँघिएको आरोप के श्रीमानले आफ्नी श्रीमतीलाई लगाउन सक्छ ? त्यो पनि आफ्नै दाईसंग सम्बन्ध गाँसिएको ? म सोच्दै थिएँ के यो आरोप साँचो होला त ? म सोंचिरहेकी थिएँ । उनी आफ्ना पिडाले भरिएका कथा ब्यथा सुनाई रहेकी थिईन् । उनी रुँदै आफ्ना कुरा सुनाउँदै थिईन्,“यति मात्रै होर करसाप, मलाई रेष्टुरेन्टमा गएर मःम, चाउमीन र पिजा खाँदै हिंडने तँ ? तँलाई खानलाई घरमा भात छैन ? साथी के तेरा मात्र छन् ? राति राति घरमा आउने तँ गति छाडा भन्दै कुट्छ । तपाँई नै भन्नुस् न विवाह ग¥यो भन्दैमा के साथीहरुसंग कुरै नगर्नु ?” 

तृप्तिले यो कुरा सुनाएपछि उनको श्रीमान प्रतिको मेरो मानसिकता झनै नराम्रो बन्दै गईरह्यो । यस्तो लान्छना लगाउने सन्दिप मात्र पहिलो ब्यक्ति रहेनछ उनको जिवनमा । उनको पहिलो लोग्नेले पनि उनलाई यस्तै आरोप लगाएका थिए रे । सन्दिप त तृप्तिको दोश्रो श्रीमान पो रहेछन् । तृप्तिका अनुसार पहिलो श्रीमानले पनि उनलाई चरित्रहीन भन्दै यातना दिएर घरबाट निकालेको रे । पहिलो श्रीमानबाट पिडीत भएको उनको कथा मैले त्यति बेला नै थाहा पाएकी थिएँ ।

त्यसरी घरबाट निकालेपछि उनी छोरीलाई लिएर माईत बस्दै गर्दा सन्दिपसंग भेट भएको रहेछ । सन्दिपसंगको सम्बन्ध सामीप्यता पछि मित्रता हुंदै प्रेममा परिणत भएछ । तृप्तिको अतितले उनीहरुको दाम्पत्य जिवनमा कुनै असर नगर्ने कुरामा तृप्तिलाई सन्दिपले विश्वास दिलाए पछि उनीहरुको विवाह भएको त्याहाँ उनका कुरा सुनिरहेका कर्णेल सहीत हामी सबैलाई उनले सुनाईन् । तृप्तिले आफुलाई लगाइरहेको सबै खाले आरोप त्यही प्रतिक्षालयको एउटा कुनामा बसेर सुनीरहेका उनका पति सन्दिपले आफ्नो बोल्ने पालो आउँदा उनका सबै आरोपलाई ठाडै अस्विकार गरे । 

उनले त तृप्तिले नै उल्टै आफुलाई फसाएको बयान दिए कर्णेल सामु । सन्दिप भन्छन्,“हाम्रो भेट फेसबुकमा भएको हो सर । मैले यस्लाई माया गरेको पनि हो । यस्को बिहे भएको भन्ने थाहा थियो मलाई । श्रीमानले मलाई बुझेन, सधैं मलाई पिट्छ, मार्छ भन्दै मसंग रुन्थी पनि । यस्का यी भनाईहरु केटा फसाउने चाल रहेछन् । यही चालमा म नराम्ररी फसें सर ।” उनीहरुको विवाह हुंदा सम्म पनि सन्दिपलाई तृप्तिको पहिलाको श्रीमानबाट एउटा छोरी छ भन्ने समेत थाहा रहेनछ । सन्दिपले पनि सुनाए बेली बिस्तार लगाउँदै सुनाए आफ्ना कथा ।

हाम्रो समाजले दिएको हिम्मत हो,“छोरा मान्छे रुनु हुदैन” भन्ने सन्दिपले विलौना गर्दै भने,“सबै कुरा यस्ले मलाई झुटो बोली करसाप । मेरो गल्ति यत्ति नै भयो कि मैले यस्लाई विश्वास गरें । परिवारको कुरा नमानेर मैले योसंग प्रेम गरे, बिहे गरें । मेरो डेढ् वर्षको छोरी छ सर । म छोरीको कसम खाएर भन्छु, मैले हैन यस्ले मलाई पिडीत बनाकी छे सर ।” त्यतिबेला सन्दिपको कुरामा मलाई एक प्रतिशत पनि विश्वास लागेन । किनकी म पुर्वाग्रही सोंच लिएर तृप्तिले न्याय पाउनु पर्छ भन्ने पक्षमा त्यहाँ पुगेकी थिएँ । 

मलाई लाग्यो यो सबै आफुलाई सही र तृप्तिलाई गलत साबित गर्ने सन्दिपको केवल झुठो कुरा हो । पत्रकारीताको अनुभवमा मैले भोगेको पिडकको बयान जहिले पनि आफुलाई बचाउनका लागी हुन्छ भन्ने बुुझेकी म त्यो समयमा पनि आँखा चिम्लिएर तृप्तिकै पक्षमा उभिएँ । झण्डै ७÷८ घण्टाको लामो बहसमा तृप्ति र सन्दिप एक अर्कालाई दोष दिंदै आरोप प्रत्यारोप गरि रहेका थिए । त्यतिबेला सन्दिप भन्दा तृप्तिको स्वर ठुलो भयो । किनकी त्यतिबेला उनलाई अधिकारकर्मी, संचारकर्मी लगायतको साथ र समर्थन थियो । यहि साथ र समर्थनले उनमा उर्जा मिलेको हुनसक्छ, मलाई लाग्यो ।

श्रीमानले लगाएका सबै खाले आरोपहरुलाई सबै सामु उनले छरपस्ट पस्कि रहँदा यता मेरो मानसिकता भने उनको श्रीमान प्रति नकारात्मक बन्दै गई रह्यो । उनको कुरा सुनेर मलाई जस्तै नमज्जा सायद उनको पक्षबाट बोल्नका लागी त्याहाँ पुगेका अरु अधिकारकर्मी महिलालाई पनि लागेको हुनु पर्छ । त्यतिबेला उनको क्रन्दन यस्तो थियो मानौं कि त्यो ब्यारेक भित्रको आर्मीहरुले मात्रै हैन वरपरको छिमेकले पनि सुनिरहेका छन् । उनको आँखाबाट खसेका आँशुलाई यदि एउटा ठूलो तबेलामा संगालेको भए सायद त्यो तबेला भरिने थियो । 

त्यतिबेला उनको क्रोध हिन्दु धर्म शास्त्राअनुसार काली चण्डीका जस्तो थियो । त्यो समय उनको त्यो आवेशलाई मैले स्वाभाविक नै लिएँ । तिन वर्ष देखि गुम्सिएको पीडा, आवेग सबै एकै पल्ट निस्किएको जस्तो । उनले हाम्रो रोहवरमा सन्दिपसंग प्रष्ट माग राखिन् । उनलाई सन्दिपसंग छोडपत्र चाहिएको छैन । तर सन्दिपको घरमा गएर उनी बस्न नसक्ने रे । पहिलो श्रीमानको छोरी र सन्दिपको छोरी सहीत दुई छोरीका साथमा माइतमा नै बस्न चाहन्थिन् उनी । तर सन्दिपको आम्दानीको ५० प्रतिशत उनलाई चाहिने रे । 

उनीहरुका कुरा सुनीरहेका कर्नेलले दुबैको कुरा टुंगीएपछि सम्बन्ध सुधारका लागी केही समय घरमा संगै बस्न सुझाव दिए । तर तृप्तिलाई त्यो सुझाव स्वीकार्य भएन । “म लोग्नेको पिटाई खान उसको घरमा जान सक्दिन करसाप । मेरो ज्यानको सवाल छ । यस्ले मलाई जे पनि गर्न सक्छ ।” उनले भनिन् । अन्नतः तृप्तिका सबै माग पुरा भए । सोही अनुसार कागज पत्र बने । दुवै जनाको सहिछाप भयो । सन्दिपले मन अमिलो बनाउंदै सर्तनामामा हस्ताक्षर गरे । हामी पनि तृप्तिको त्यो जितलाई हाम्रो जित मानेर दंग थियौं ।

त्यहाँ आफ्नो कुराको सुनुवाई नभएपछि तृप्तिबाट सम्बन्ध बिच्छेद चाहेका सन्दिपले आफ्नै गाविसमा मुद्या दर्ता गराए । यसैको दौडानमा मैले तृप्तिलाई अध्ययन गर्ने राम्रै मौका पाएँ । उनी प्राय मसंग भेटि रहन्थिन् । म संग भेट्न आउंदा उनको सेलफोनका घण्टि बारम्वार बजिरहन्थे । मसंग कुरा गर्न आएकी तृप्ति म संग भन्दा धेरै समय फोनमा अरुसंगै बिताउँथिन् । कुराकानीबाट थाहा हुन्थ्यो उनलाई धेरै फोन बिदेशवाट आउँथे ।

एउटा सकिन्थ्यो अर्को आईहाल्थ्यो । अनि फोन ईङ्गेज भएकोमा उनलाई सफाई दिन हम्मे पथ्र्यो । ती फोनहरुमा उनका वार्तालाप सुन्दा यस्तो लाग्थ्यो मानौं कि जतिले उनलाई फोन गरेका हुन्थे ती सबै उनका श्रीमान् हुन् । एकदिन त उनले फोनमै भनिन्–“घरमा आएर मेरो हात मागेरै मसंग बिहे गर्छु भन्नेले जाबो ७० हजार पठाउन पनि यस्तो गाह्रो है रु अझैं हेरन अस्ति पठाएको त्यो जाबो ३० हजारको कुरा गर्ने । विश्वास छैन है ममा ? त्यस्तो लाग्छ भने छोडे भैहाल्यो नी ? मैले मात्र हो रहेछ माया गरेको तपाँईलाई । कसरी विश्वास गर्नु र खै ?” यति भनेर उनले फोन काटिन् । अलि घुर्किलो पारामा ।

त्यो डिस्कनेक्ट हुन नपाउँदै तुरुन्तै फेरी अर्को फोन आयो । पछिल्लो फोनले उनको अनुहारमा मुस्कान फैलायो । अनि भनिन्–“धन्यवाद छ है तपाईले पठाएको ५० हजार मेरो एकाउण्टमा आइपुग्यो । फेरी आवश्यक प¥यो भने फोन गर्छु है । आई रियली लव यू एण्ड आई मिस यू बाबा । यू आर सो क्युट ।” म संग कुराकानी गर्न आएकी तृप्ति करिब एक घण्टाको बसाईमा उनले चार फोन रिसिभ गरीन् । मसंग मुस्किलले ५ मिनट कुरा गरीन् होला । उनको फोन वार्ता मैले सुनेकोमा सायद अप्ठेरो लागेर हुनसक्छ । 

अनि भनिन्,“यस्तै हो बैनी मलाई मन पराउनेहरु हजारौं छन् । सबै मन पराउनेहरुसंग बिहे गर्न नी सकिंदैन । तिमीलाई सबै कुरा थाहा छ सन्दिपको पैसाले मलाई त के छोरीलाई लिटो सम्म किन्न पुग्दैन ।” मैले भने,“यसो नर्गनु दिदी तपाँईले सबैसंग पैसा माग्नु भाको छ ति सबै नेपाल फर्केर तपाईसंग त्यो पैसा फिर्ता मागे भने के गर्नुहुन्छ ?” उनको सजिलो जवाफ –“उनीहरुसंग जुन फोन नम्वर प्रयोग गरेर कुराकानी गरीरहेकी छु त्यो नम्बर एनसेलको हो । सिम झिकेर फालि दिन्छु । १०० रुपैयामा नयाँ सिम किन्न पाईन्छ । सिम्पल नि, यस्तो कुरामा मलाई टेन्सन लाग्दैन बैनी ।” उनको यो जवाफले मलाई अक्क न बक्क बनायो ।

उनको यस्तो ब्यवहारले मलाई सोंच्न बाध्य बनायो । कतै मैले गलत मान्छेलाई त साथ दिइरहेको छैन रु मैले तृप्तिलाई बुझ्नु जरुरी छ मेरो मनले ठान्यो । अनी उनले नजिकको मानेको एक जना दिदीलाई भेट्न गएँ । उनले सुरुमा त कुरा खोलिनन् तर मैले अनेक तरिकाले फकाएपछि मात्र कुरा खोलिन् । र भनिन्,“तपाईँले गलत महिलालाई साथ दिईरहनु भएको छ । वास्तवमा पिडित उ हैन उस्को त्यो आर्मी लोग्ने चाही पिडित हो । योभन्दा धेरै म केही भन्न चाहान्न ।”

म त छाँगाबाट खसेजस्तै भएँ । उनको बारेमा जान्नकालागी म उत्सुक भएँ । कुरा खोतल्दै गएँ । ती दिदीले भन्दै गईन् । मेरो आँखा अगाडीको उज्यालो पनि अध्यारोमा परिणत हुंदै गयो । “उसंग मान्छेलाई आफुतिर तान्ने बेग्लै खुबी छ बैनी । मैले उस्लाई कत्ति गाली गर्छु । गाली गर्दा तपाँईले पनि मलाई बुझ्नु हुन्न है दिदी भन्छे । म के गरु बैनी रु मसंग आएर रोएको नाटक पार्छे । मलाई माया गर्ने हुजुर नै हो दिदी भन्छे । हजुरले पनि यस्तो भन्नु हुन्छ भन्दै रोएको नाटक पार्छे । आउनेलाई नआईज भन्न पनि नमिल्ने । उस्को फोनमा गरिएको कुराकानी सुन्दा मलाई नै दिक्क लाग्छ ।”

ती दिदीको कुराले मात्र मैले तृप्तिप्रती गलत धारणा बनाईहाल्नु ऊ प्रतिको अन्याय हुन्थ्यो । त्यसैले मैले उनको बारेमा बुझ्न अनेक च्यानल प्रयोग गर्न थालें । तब मलाई थाहा भयो उनी त साँच्चै निकै नै स्मार्ट रहीछन् । उनको केसको लागी उनीसंग संगै हिंडदा मलाई केही भन्न नसकेकाहरुले पछि मैले उनको बारेमा बुझ्न शुरु गरेपछि पो सबैले भन्न थाले कि मैले तृप्तिलाई साथ दिएर धेरै नै गलत गरेछु रे । 

ज–जस्लाई मैले भेटेर तृप्तिको बारेमा बुझने प्रयास सम्म के गर्थें सबैको एउटै भनाई हुन्थ्यो,“तपाँईले गलत मान्छेलाई साथ दिई रहनुभएको छ । रोएर हुनेखानेलाई फसाउने उस्को कला हो । तपाँई हामी काठमाण्डौ गाडीमा जान्छौं ऊ प्लेनमा जान्छे, जस्को प्लेनमा चढी हिंड्ने कुनै आय श्रोत नै छैन । काठमाण्डौ देखि पश्चिम नेपालका प्राय सबै होटेलहरु उस्कै नाममा बुक हुन्छन् ।” आदि ईत्यादि ।

अब भने म ढुक्क भएँ मैले गलत मान्छेलाई नै साथ दिइरहेकी रहेछु । समय बित्दै थियो । एक पटक उनलाई मैले एउटा होटेलबाट राती पौने १० बजे एक जना पुरुषसंगै निस्किएको देखें । त्यो होटेलमा हाम्रो प्रोजेक्टको एनुएल प्रोग्रामको डिनर पार्टी थियो । त्यति ठुलो भिडबाट पनि मैले उनलाई कसैसंग होटल बाहिर जाँदै गरेको देखें । मैले उनलाई चिनीहालें । होटलमा कसैसंग जानु र होटेलबाट निस्कनु त्यति ठुलो विषय मानिदैन र मपनि मान्दिन ।

तर उनी एउटा साधारण पिडीत महिला भनेर मैले चिनेको हुनाले उनलाई त्यो समयमा त्याहाँ देख्नु मेरो लागी शंकाको विषय बन्यो । र त्यही शंका लागेकोले भोलीपल्ट मैले उनलाई फोन गरेर हिंजो राती एक जना पुरुषसंग देखेको बताएँ । जवाफमा उनले ति पुरुषको परिचय मैले चिनेको मान्छेको पो दिईन् । तर उनीसंग देखेको पुरुषलाई मैले चिन्दिनथें । उनले मलाई सिधै झुट बोलीन् । जब तृप्ति निकै नै स्मार्ट महिला रहिछन् भन्ने मैले जानें । त्यसपछि उनको श्रीमानलाई त्यो राँझा ब्यारेकमा गालि गरेको सम्झिएँ । र मन मनै निकै दुःखी पनि भएँ ।

त्यतिबेला मात्रै मैले सन्दिपको पिडालई महसुुस गरें । घटना क्रमसंग नजिक हुने क्रममा मलाई थाहा भयो तृप्तिको पहिलो श्रीमानले हैन रहेछ उनी आफैले नै पहिलो श्रीमानलाई छाडेकी रहीछन् । डिर्भोसपछि पाईने चल अचल सबै सम्पत्तिकालागी । आफुले मेहेनत गरेर पैसा कमाउनुभन्दा बिहेगर्दै सम्बन्ध विच्छेद गर्दै अनि सम्पत्तिमा हकदाबी गरेर जिन्दगी गुजारा गर्ने उनको विशेषता र चरित्र रहेछ । तृप्ति जस्तो महिलालाई साथ दिएकोमा मलाई आजसम्म पछुतो भईरहन्छ । 

Friday, March 2, 2018

गुलाबको फूल, बामदेवको छाती र तुलसीको शिर

 ललितपुर १८ फाल्गुन । ललितपुरको भैसीपाटी । दिन बिहीबारको । समय बिहानको ११ बजे । वातावरण आफ्ना प्रिय नेतासँग होली मनाउन उपस्थित सयौं नेता तथा कार्यकर्ताको कोलाहलमा रमाईलो थियो ।

उत्तिकै संख्यामा उपस्थित पत्रकार र सुरक्षाकर्मीहरु पनि । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र उनकी जीवनसंगीनी तुलसीको आगमन भयो । हातमा गुलावको फूल । रंग दल्ने दिनमा गुलाबको फूल बोकेर आउँदा अच्चम लाग्नु स्वभाविकै थियो ।

आफ्ना शुभचिन्तकका सामुन्ने रहेकी तुलसीलाई हेर्दै गौतमले भूइँमा घुँडा टेक्दै दुई हातले गुलाबको फूल श्रीमतीतिर तेस्र्याएर,“ह्याप्पी बर्थ डे माई डियर तुल्सी ।” भन्दै बामदेवले श्रीमतीलाई जन्मदिनको शुभकामना दिईरहंदा माहोल एकाएक शान्त भयो । जन्मदिनमा सयौं शुभचिन्तकका सामुन्ने श्रीमानबाट यो पनि गुलाबको फूल पाएकी तुलसी लाजले धपक्कै फुलिन् ।

मन भित्रको खुशी उनले लुकाउन सकिनन् । गौतमको छातीमा लाजले डल्लो पर्दै उनी टाँसिन पुगिन् । त्यो दृष्य हेर्दा हुनै फिल्मको ‘क्लाइमेक्स’ भन्दा कम थिएन् । आगन्तुकहरु गौतम जोडीको प्रेमको बयान गरिरहेका थिए । “माया र प्रेमलाई उमेर र समयले छेक्दैन, भन्थे हो रहेछ ।” उपस्थितहरु यसै भन्दै ताली पिटेर बामदेवको प्रेममा सहमति जनाईरहे ।  

श्रीमती प्रतिको बामदेवको त्यस प्रकारको प्रेमलाई सजिलै अनुमान गर्न सकिन्थ्यो कि उनले श्रीमतीलाई कति माया गर्दा रहेछन् भन्ने । जीवनको उतार चढावहरु पार गर्दै यो उमेरमा आईसक्दा पनि उनको श्रीमतीलाई खुशी बनाउने तरिका हेर्दा लाग्दथ्यो यो जोडिको बिबाह पश्चातको पहिलो जन्मदिन थियो ।

होलीकै दिन जन्मदिन परेकी श्रीमतीलाई गुलाबको फूलका गुच्छा दिंदै जन्मदिनको शुभकामना दिंदा श्रीमती तुल्सि गौतमको छातिमा शिर झुकाउँदै लजाएको देख्दा हामी देख्नेहरु नै भुतुक्कै भयौं । श्रीमती लजाएको महसुस गरि गौतमले पनि तुलसीलाई अंगालोमा बेरेर मायाको पछेउराले छोपिहाले । त्यो नजाकत कुनै सिनेमामा हिरोको सामु हिरोईन लजाएको भन्दा कमको थिएन । प्रेम होस् त यस्तो । जस्को बयानमा शब्दहरु पनि लजाऊन् ।

सबैले आफ्नो श्रीमतीलाई माया गर्छु नै भन्छन् । तर माया गर्छु भन्नु र गरेर देखाउनुमा धेरै अन्तर छ । जीवन भरि नै साथ दिने बाचा र अनेकौं खाले प्रतिबद्धताहरुको बन्धनले जोडेर राख्दछ बिबाह बन्धनमा बाँधिने सबै जोडीलाई । बिबाह बन्धनमा बाँधिदाको समयमा गरिने सबै बाचा र प्रतिबद्धताहरु गर्न जति सजिलो छ उति नै जीवनभरि निभाएर असल जोडी सातिब हुन साह«ै गाह«्रो छ ।

बिबाहमा गरिने बाचा निभाउँदै आफ्नी जीवन साथीलाई जीवनभरि नै खुशी बनाउन सक्ने जो कोही श्रीमानको बसको कुरा होईन । त्यसमा पनि नेताहरुकालागि त झनै असहज हो यो विषय । तर एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले आज सम्म आफ्नी जीवन साथीलाई उत्तिकै प्रेम, साथ, समर्थन र सम्मान दिन सफल रहेछन् भन्ने कुरा होलीको दिनमा जन्मदिनको शुभकामना दिंदै गर्दा सजिलै बुझिएको थियो ।


प्रेम होस् त यस्तो जस्ले देश, जनता र सिंगो राष्ट्रकालागि प्रत्येक पल समर्पण गरेतापनि घर, बालबच्चा र परिवार हेरिदिएर एउटा कुशल नेता बन्नमा सघाएको महसुस गर्दै श्रीमती तुलसीलाई दिएको सम्मान र उनको खुशीको ख्याल राखेको त्यो नजारा नै बडो लोभ लाग्दो थियो ।

जीवनका आरोह अवरोहमा कुनै पनि पल श्रीमती तुलसीलाई समय दिन रत्तिभर पनि पछि नपरेका गौतम वास्तवमै कुशल नेताका साथै कुशल श्रीमान पनि रहेछन् भन्ने कुरालाई हामी देख्नेहरुले सजिलै अनुमान गर्न सकिएको थियो ।
प्रेमको अन्त्य कहिल्यै पनि हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण हो गौतम र उनकी श्रीमती तुलसीको प्रेम । यो जोडीको प्रेम प्रस्फुटन हुँदाको प्रत्यक्ष दृश्य देखेपछि यो पंतिकारलाई लेख्नै मन लाग्यो वास्तव मै प्रेम गर्नेले ईच्छा र चाहानालाई बुझ्दै समय, परिस्थिति र वातावरण अनुसार आफ्नो प्रेम देखाउनै पर्ने रहेछ । जुन कुरालाई एमाले उपाध्यक्ष गौतमले राम्रै जानेका रहेछन् ।

जब गौतमले सबै सामु घुँडा टेक्दै श्रीमती तुलसीलाई गुलाबको फूल दिएर जन्मदिनको शुभकामना दिए तब हामी दर्शक बनेकाहरुकालागि नसोंचेकै सुन्दर पल बन्यो त्यो । जब गौतमले श्रीमती तुलसीलाई फूल दिएर जन्मदिनको शुभकामना दिए त्यो केवल शुभकामना थिएन । त्यसमा श्रीमतीप्रतिको उनको प्रेमको गहिराई थियो ।

बाहीरी रुपमा बामदेवलाई मिडिया र उनकै समकक्षी अनी कार्यकर्ताले जे जस्तो उपनामले चिन्ने गरेतापनि वास्तवमै बामदेवको त्यो छवी रहेनछ भन्ने कुराको पुष्टि उनले आफ्नो आँगनमा गएका शुभचिन्तलाई गरेको सौहार्दपुर्ण व्यवहार र श्रीमतीलाई देखाएको प्रेमले नै प्रष्ट पारेको छ ।

गौतमको श्रीमतीप्रतिको प्रेम देखेपछि यो पंतिकारलाई भन्ने मन लाग्यो श्रीमतीलाई गौतमले गर्ने प्रेम नै हो जस्को कारण आजसम्म उनी बाहीरी सम्बन्धबाट जोगिएको ।

राजनीतिमा विशेषगरि हामीले सुनेको र कतिको त देख्नपनि पाइएको छ चरित्र बिग्रिएको नेताको कथा ।  तर बामदेवको भने यस्ता कुरामा कसैसंग कुनै प्रकारको तालुक छैन । त्यसैले उनी एउटा कुशल नेता हुनुकासाथै उनी कुशल र प्रिय श्रीमान पनि हुन् ।

Monday, February 26, 2018

त्यो रात र मेरो निदरी

रुपनी जि.एम
काठमाण्डौ १४ फाल्गुन ।
एक दिन म असनको बाटो हिंडदै थिएँ, मेरो साथी रामेश्वर बाटैमा भेटियो । भेट हुन नपाउँदै उस्ले मलाई हप्काएरै भन्यो–“तँलाई अलिकति पनि लाज छैन है ? अरु केही काम पाईनस् तैंले ? आफ्नो बारेमा नभएनी कमसेकम अरुको बारेमा त सोंच, जोसंग तेरो ईज्जत गाँसिएको छ । तँ जस्तो मान्छे यसरी बिग्रीएलास भन्ने लागेको थिएन मलाई बुझिस् ? लाज लाग्न थालेको छ तँलाई साथी भन्न पनि ।”

म छक्क परें । मैले उस्लाई केही सोध्न नपाउँदै मलाई धकेल्दै ऊ आफ्नो बाटो लाग्यो । उस्को भनाईको तात्पर्यलाई मैले बुझि सकेको थिएँ । तर जवाफ फर्काउन उचित देखिन र आफ्नै बाटो लागें । लाजिम्पाटमा मेरो त हैन मेरो बुवाले बनाउनु भएको घर छ ।

त्यो घर नजिकै पुग्दै थिएँ फेरी त्याँ नि त्यो रामेश्वरले झंै गरि एकजना छिमेकी अन्टिले पनि गालि गरि हालिन् । मन मनैै आज मैले गालि खाने दिन रहेछ कि क्या हो भन्ने लाग्यो त्यो भन्दा बढि केही पनि सोचिन र त्यो आन्टिसंग केही प्रतिबाद नगरिकनै घर भित्र पसें । बाहीरी वातावरण भन्दा घर भित्रको वातावरण शान्त थियो ।

भोलि पल्टको बिहान सधैं झैं म ठाँटिएर निस्कनै लाग्दा पल्लो कोठाबाट बुवाको चर्काे आवाज सुनियो–“सुभद्रा, घरको भुस्याहा कुकुर गल्लिको गन्धकि सुंग्घनलाई निस्कन लागेको छ सोध भरे कतिखेर घर आईपुग्छस् भनेर । पक्वान त चाहिएला नि कुकुरलाई ?” बुवाले त्यसो भनि रहँदा भान्सामा उभि रहेकी आमालाई पुलुक्क हेरें । उहाँ एक शब्द नबोलि म तिर हेर्दै आखाँबाट आँशु झार्दै हुनु हुन्थ्यो । म भने उहाँहरुलाई केही नभनि आफ्नो दैनिकी काम तिर लागे ।

त्यति बिहानै मेरो काम न कुनै अफिसको हुन्थ्यो नत आफ्नै केही बिज्नेसको नै । हुन्थ्यो त केवल उनको मनलाई बुझ्ने । हुन्थ्यो त केवल उनीसंगै घण्टौं समय बिताउने । अनि हुन्थ्यो त केवल उनको निस्छल र निस्कलङ्क विचारहरु सुन्ने । उनी साधारण तर निकै नै विशिष्ट विचारधाराकी थिईन् । उनलाई सबैले हिलो भन्दथे तर उनी हिलो हैन हिलो बीचमा फुल्ने कमल थिईन् । उनलाई नबुझ्नु यो समाजको दोष हो भन्छु म ।

हुन त यो व्यस्तताको समयमा कसैलाई बुझि हिंड्नै पर्छ भन्ने के नै छ र ? सायद कारण त्यो पनि हुन सक्छ । बुझ्ने चटारो भन्दा नबुझेरै प्वाक्क बोलिदिन सजिलो हुने मान्छेलाई । उनलाई पनि तिनै बोलिका झटाराहरु धेरै लागे । र पनि उनी मुस्कुराउन कहिल्यै छाडिनन् ।  

अनेकौं पिडा र बेदनाले भित्रैबाट जेलिएर पनि उनको मन्द मुस्कानसंगै फक्रिने हाँसो देख्दा लाग्दथ्यो उनी निकै नै स्वतन्त्र हुनु पर्छ । सुन्दरताको बयान गर्दा शब्दहरुको नै कमि हुने उनको रुप, माधुर्यताको लहरले भिजेको उनको स्वर मानौं कि कुनै बिरामीसंग बोलिन भने ऊ नीको हुनेछ ।

हिंडदै गर्दा बाटोमा भेटिने हरेक दुखीहरुलाई देखेर प्रार्थना गर्ने उनको हृदय जो स्वयम एउटा दुखि रहेको छ । जस्लाई आफ्नो भन्दा अरुको नै चिन्ताले रोगी बनाई रहेको छ । उनी हुन सामरागी राज्यलक्ष्मि शाहा । जस्लाई म स्मारीका भन्न रुचाउँछु ।

कालिकोटकी स्मारीकाले सोही ठाउँकै दिपेन्द्र बसेल संग वि.सं. २०६८ सालमा भागि विबाह गरिन् । दलितसंग आफु खुशी विबाह गरेको भन्दै उनीसंग परिवारले सबै सम्बन्ध तोडे दिए । परिवार मात्र हैन पुरै गाउँले नै उनीहरुलाई बस्ने वातावारण असहज बनाएपछि उनी श्रीमान दिपेन्द्रसंग जीवनको नयाँ शुरुवात गर्नको लागी काठमाण्डौ आएकी रहीछन् ।

कस्लाई थाहा नहोला र याहाँको जीवनशैली कति सहज र कति असहज भन्ने कुरा ? उनीहरुलाई पनि थाहा हुँदै गयो । अभावै अभावको जीवनमा छोराको आगमनले खुशीयाली भरिए झैं भयो । तर दुई मुख तीन बनेपछि यो शहरमा बाँच्नलाई उनीहरुलाई हम्य नै हुन थाल्यो । जे आईपरेता केही खाएर बाँच्न त परि नै हाल्छ । त्यही खाने कुराको जोहो गर्न भनि दिपेन्द्र कुनै एजेन्टको माध्यमबाट साउदी पुगे ।

दुर्भाग्य स्मारीकाको श्रीमान साउदी गएको ४ महिना नपुग्दै खबर आयो एक्सिडेन्टमा परि दिपेन्द्रको ज्यान गयो रे । काखमा दुधे बालक, श्रीमानको लास  बाकसमा आउने तयारी परिवारको अत्तोपत्तो छैन । कठै त्यो दिन सुन्दा त मलाई सही नसक्नु भयो भने स्मारीकालाई कस्तो भएको हुँदो हो ? मान्छे राम्रो भाग्य नराम्रो भनेको सायद यही होला !

आज उनको बेदनाले भरिएको यो कथा सुन्नका लागी भेटिने म त्यो समयमा मैले किन उनलाई भेटिन होला ? धिक्कार छ यो समयलाई । जतिबेला जस्लाई जे खाँचो परेको हुन्छ त्यतिबेला कतै हराएको हुन्छ यो । आखिर जे भए नी चोट दिने यो समयले मलहम पनि लगाई रहेको हुन्छ । समय बित्दै जाँदा स्मारिकाको मनमा र जीवनमा लागेको चोटमा समयले नै मलहम लगाउँदै गयो ।

एस.एल.सी दिएर विबाह गरेकी स्मारिकाको पढाई पनि त्यति बेला देखि नै रोकियो । यो शहरमा जागिर खाएर आमा छोराको पेट पाल्न उनलाई न क्षमताले साथ दियो नत दक्षताले नै । २÷४ महिना निकै नै साह्रो प¥यो रे उनले सुनाईन् । पछि भने घर घरमा लुगा धुने र भाँडा माझ्ने काम पाईछन् । त्यही कामबाट भएनी जेनतेन आमा छोराको दैनीकी चलिरहेको थियो रे ।

त्यसैमा पनि उनलाई गरि खान दिईएनछ । उनले सुनाईन–“जुन घरमा म लुगा धुन जान्थें त्यो घरको केही पुरुषहरुले मलाई दुव्र्यवहार गर्न थाले । उनीहरुले जे गरे नी मैले छोराको लागि सही बसें तर त्यो कुरा उनीहरुको श्रीमतिलाई थाहा भएपछि मलाई तिमी अब देखि आउनु पर्दैन भन्दै काम दिन छाडे ।” उनको यो कुरा सुनेपछि ठुला महल र चिल्ला गाडीमा हिंड्नेहरुलाई घृणा गर्न थालें । मैले त्यसो गर्दा हुने नै के थियो र त्यैपनि मैले गरें ।

सधैं झैं उनको कथा सुन्न म उनी बसेको ठाँउमा जान्थें । र उनले पनि सधंै झैं आफ्नो कथा सुनाउने क्रममा त्यो दिन पनि मलाई सुनाई नै रहीन् । उनलाई भेटे पछि थाहा भयो मलाई असल मन हुनेहरुको बाध्यता र विवस्ता कस्तो हुँदो रहेछ भन्ने ? अनि त्यस्तो अवस्थाको फाईदा विवेक र दया नभएकाहरुले कसरी लिन खोज्दा रहेछन् भन्ने ।

पहिला म यस्तो थिएन । म मान्छे त थिएँ । तर म भित्र एउटा डरलाग्दो राक्षसी रुप थियो । त्यतिबेला मेरो मानसिकतामा स्वास्नी मानीसहरु केवल पुरुषको यौन ईच्छा पुरा गर्ने माध्यम् हुन् भन्ने सोचाई थियो । त्यही सोचाईले मलाई उनी सम्म पनि पु¥यायो । मैले बिर्सिएको छैन अझैं त्यो रात । जुन रात म उनको योवन लुट्न एक जना साथीको लहैलहैमा उनको कोठामा गएको थिएँ ।

रातिको १० बज्नै लागेको थियो । त्याहाँ पुग्दा उनी रुदैं गरेको छोरालाई अनेक गीत गुनगुनाउँदै सुताउने कोसिसमा थिईन् । जब मेरो पहिलो नजर उनीमा प¥यो तब म, मेरो मानसिकता अनि स्वभाव एकाएक बदलियो । सायद उनको रुप, यौवन अनि बसाईको तरिकाले हुन सक्छ ।

अध्याँरो कोठालाई एउटा क्याण्डीलले उज्यालो दिई रहेको थियो । त्यही उज्यालोको साहारामा छोरा सुताउने कोसिसमा उनी लाग्दै थिईन् । खाट थिएन उनको कोठामा पलङ्ग त धेरै टाढाको कुरा हो । भुँईमा पि फम माथि केवल एउटा डस्ना, पुरानो र मैलो देखिने तन्ना, त्यसमाथि दुईओटा सिरानी सायद दिपेन्द्र हुँदा किनेको हुनु पर्छ ।

उनको त्यो चम्किलो रुप र यौवन अनुुसारको बसाई नपाएपछि मन भित्रै देखि खिन्न भयो । उनले एक चोटी पनि हेरिनन् हामी तिर । तर मैले भने उनलाई र उनी बस्ने कोठालाई निकै घोरिएर हेरिरहें । सामान एउटा भन्दा दुईओटा थिएन । त्यो खाना पकाउने भाँडा होस् या खाने थाल नै किन नहोस् । सबै कुरा यत्रतत्र छरिएको । यस्तो लाग्दथ्यो मानौं कि धागोबाट चुँडिएको मोती जस्तो ।

म यीनै कुराको भवसागरमा डुब्दै थिएँ । एक्कासी मेरो कानमा एउटा आवाज आएर ठोकियो । “कस्तो भनेको नमानेको ? सधैं तिमी यसै गर्छेऊ । कति पैसा चाहिएको छ भन न त ? के नबोलि बसिराको ? मलाई घर फर्कन अबेर भई सक्यो भन्या ।” अनि यसो उनी तिर फर्किएर हेरेको त मेरो साथीले उनको पाखुरामा समात्दै आफ्नो कामुकतालाई स्खलन गराउनका लागि समय माग्दै थियो ।

उनी भने हात झत्कार्दै ऊबाट फुत्कन चाही रहेकी थिईन् । मैले उनको चाहानालाई त्यो समयमा यसरी बुझें मानौं म बर्षाैंदेखि उनलाई बुझ्ने उनको एउटा राम्रो साथी हो । त्यस पछि म केही नबोली मेरो साथीको हात उनीबाट छुटाउँदै उस्लाई लिएर घर फर्किएँ ।

रात भरि उनको सबै कुरा आखाँमा नाचि रह्यो । नढाँटी भनुँ भने म त्यो रात सुत्नै सकिन । मैले सोंचेकै  थिएन कि म फेरी उनलाई भेट्न जाने छु । भन्छन् नसोचेकै कुरा हुन्छ रे । सायद त्यही भयो मेरो जीवनमा पनि र गएँ भोली पल्ट उनलाई भेट्न ।

त्यही भेटले नै मेरो जीवनलाई परिवर्तन गरिदियो सधैं सधैंका लागी । जब उनलाई भेटें तब जानें उनको वास्तविकतालाई, उनको बाध्यतालाई, अनि उनको मौनतालई पनि । शुरुमा मसंग नबोली बसेकी उनी, जब मैले तिम्रो दृष्टान्तमा पर्ने त्यो चरित्रको पुरुष हैन भनी प्रष्ट्याएँ त्यसपछि बिस्तारै बोल्न लागिन् ।

पछिपछि मैले उनको मन जित्न थालें । उनले पनि मलाई विश्वास गर्न लागिन् । समय यस्तो भई दियो कि मलाई उनको लत लाग्न थाल्यो । दिन भरिको आफ्नो काम पछि म सोझै उनको कोठामा जाने गर्दथें । उनका आवश्यकताहरु सकेसम्म पुरा गरिदिन्थें । हामी सम्भोग बाहेकका सबै कुरा एकअर्कासंग शेयर गर्दथ्यौं ।

उनी प्रति मेरो कामुक्ता कहिले पनि जन्मिएन । उनकोमा आउँदा जाँदा सबैले आखाँ तानी हेर्थे मलाई । र पनि मलाई केही फरक पर्दैनथ्यो । त्यसै क्रममा एकदिन उनको कोठामा जाँदा कोठामा बाहीरबाट कुञ्जा लगाईएको थियो । कुञ्जा खोलेर भित्र पसेको त कोठा पुरै खालि ।

म आत्तिएँ र उनको घरबेटीलाई सोध्दा “खै सामान ट्याक्सिमा हालेर निस्किएकी हो । काहाँ गई के था नी ?” भन्ने जवाफ पाएँ । केही सोच्नै सकिन । एकाएक शरिर गलेको झैं भयो अनि उनको कोठा भित्र गएर थचक्कै बसी म टोलाउँदै थिए । पर एउटा कुनामा पट्टयाएर फालिएको कागजको पाना देखें । जस्मा लेदिखएको थियो................।

प्रिय सन्तोष,

तपाँईलाई धेरै नै सम्झि रहने छु । जीवनमा तपाँईसंग भेट भएकोमा म आफुलाई सधंै भाग्यमानी ठानी रहने छु । पछिल्लो समयमा तपाँईको साथ र सहयोगले मलाई यो शहरमा बाँच्न त्यति कठिन भएन जति ती दिनहरुमा तपाँई नभेटिंदा भएको थियो ।

म सधैं क्रृणी रहने छु तपाँईको सहयोगको । तपाँँईको सहयोगले मेरो अशान्त मनलाई शान्त बनाउँदै लग्यो तर मेरो कारणले तपाँईलाई सधैं अशान्त बनीरहनु प¥यो । मेरो कारणले तपाँईलाई नभएको आरोप र लान्छनाहरु खेपी रहनु परि रह¥यो । तपाँईले नभने नी मलाई सबै थाहा थियो कि तपाँई मेरो कोठामा आउँदा र मलाई सहयोग गर्दा कतिसम्मको अपमानीत बनि रहनु प¥यो भन्ने ।

यी सबै कुरा जान्दा जान्दै म कसरी तपाँईबाट सहयोग लिई रहन सक्थें र ? सबै कुराहरु बुझेर पनि नबुझे जस्तो गरि किन पो तपाँईलाई अप्ठ्यारोमा पारि रहन सक्थें होला र ? सकिन त्यसो गर्न । यदि मैले तपाँईलाई यो कुरा भनेकी हुँदि हुँ त सायद तपाँईले मलाई यसो गर्न दिनु हुंदैनथ्यो । त्यसैले तपाँईलाई नभनेर नै आज यो शहर सधैंका लागि छोड्दै छौं हामी आमा छोरा ।

म जाँन्दिन मेरो जीवनको यात्रामा म काहाँसम्म पुग्ने छु । यस्को अन्त्य कुन ठाउँमा गएर हुनेछ । तर यति थाहा छ कि अब म तपाँईलाई मेरो कारणले दुःख दिन सक्दिन । ससक्नु हुन्छ भने तपाँईलाई नभेटि हिंडेकोमा मलाई क्षमा गर्नुहोस् । अन्त्यमा मेरो मनलाई यो भिडमा पनि यति धेरै बुझिदिनु भएकोमा धन्यबाद !
                                     
                                     उही तपाँईको सधैं भलो चिताउने
                                                 स्मारीका 

घरेलु हिंसाले बनायो रुबी खान

रुपनी जि.एम
बाँके १० कार्तिक । 
“म सानै छंदा बुवाले आमालाई तलाख (डिर्भोस) दिई सक्नु भएको थियो । तैपनि बुवाले सुर्खेतबाट आएर आमालाई पिट्न र गाली गर्न कहिल्यै छाड्नु भएन । जब कि मेरो बुवाले सुर्खेतमा अर्की आमा बिहे गरेर बसि सक्नु भएको थियो । आमाले बुवाबाट सहनु परेको त्यो हिंसाले नै मलाई यस क्षेत्रमा काम गर्न प्रेरित ग¥यो ।” नेपाल मुस्लिम समाज नेपालगञ्जका निर्देशक रुबी खान ।

रुबी कक्षा ८ मा पढ्दा पढ्दै नेपाल मुस्लिम समाजमा भोलेन्टिएरको रुपमा आबद्ध भईन् । त्यति सानै उमेरमा उनलाई कुनै रहर थिएर त्यसरी काम गर्न । तर बाध्यता बनिदियो । आमाले बुवाबाट सहनु परेको असह्ैय हिंसा नै उनको बाल मनस्थितिमा डर लाग्दो छाप बन्यो ।

१२÷१३ वर्षकोे हुँदादेखि नै घरमा भएको अशान्त वातावरणबाट उनी मुक्त हुन चाहान्थिन् । तर सक्दिनथिन् । किनकी उनी निकै नै सानी थिईन् । न उनले बुवाले आमालाई मरनासन्न हुनेगरि कुटिरहंदा छुट्टयाउन सक्थिन् नत डाको छोडेर रुन नै । सक्थिन् त केवल बुवाको आक्रामक व्यवहारबाट हुने डरबाट मुक्त हुन ।
 
उनको त्यो डरलाई छिमेकी अन्टि जैतुन हल्वाईले महसुस गर्दै उनै जैतुनले नै रुबीलाई भोलेन्टिएरली हाल कार्यरत संस्थामा आवद्ध गराईन् । वि.सं. २०६३ सालमा संस्थामा आवद्ध भएकी रुबीको जीवन संर्घष त्यसैदिनदेखि नै शुरु भयो ।  
आज भन्दा १० वर्ष पहिले रुबी घरेलु हिंसा विरुद्धको अभियानमा सक्रिता देखाउँदै नेपाल मुस्लिम संस्थामा आवद्ध भएपछि शुरुमा त उनलाई उनकै बुवाबाट तिरस्कृत हुनु प¥यो । त्यसपछि समाज त छंदै थियो । छोरीलाई घरबाट बाहीर काम गर्न दिएको भन्दै आमालाई डिर्भोस दिईसकेको उनका बाबु रमजान पठानले उनकी आमा रुकैया खातुनलाई सुर्खेतबाट आएर पिट्दथे रे ।

बुवाले त्यसरी पिटिरहंदापनि आमाले कहिल्यै मलाई त्यो पिटाईको बारेमा नभनेको र उल्टै अभिस जान ढिला हुँदा मलाई समयको ख्याल गराएको रुबीले आखाँभरि आँशु लिंदै सुनाईन् । “यदि मलाई कसैले बुझ्यो त त्यो व्यक्ति मेरी आमा हुन् । सायद म मेरी आमा जस्तो समझदार आमा बन्न नसकुँला तर मेरी आमा अनपढ भएर पनि संसारकै शिक्षित आमा हुन् ।” उनी भावुक भईन् ।

आमा रुकैयालाई थाहा थियो कि यदि उनले छोरीलाई घरबाट बाहिर निस्किएर काम गर्न दिईनन् भने छोरीले पनि जीवनभरि नै आफुले जस्तै हिंसा सहनु पर्नेछ भन्ने । त्यसैले रुबीकी आमाले रुबीलाई कहिल्यै काममा अरुको कुरा सुनेर नजान भनिन् रे, रुबी भन्छिन् “मलाई थाहा हुन्थ्यो मैले घरबाट बाहीर निस्किएर काम गर्न शुरु गरेपछि बुवाले आमालाई पहिलाको तुलनामा मेरै कारण बेसी टर्चर गर्नु हुन्थ्यो । तर आमाले कहिल्यै पनि मलाई त्यो कुरा थाहा हुन दिनु भएन ।” 

नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ७ की रुबीको कामप्रतिको लगनशिलता र मेहेनतले संस्थाको महाधिवेशनमा उनी एकैचोटी महासचिव भईन् । सानो सानो कुराहरुको अनुभवबाट जीवनलाई माझ्दै अघि बढेकी रुबीले बाँकेका विभिन्न खालका हिंसा पिडित महिलाहरुकालागि खुलेरै आवाज उठाउँदै काम गरिरहेकी छन् ।

शुरु शुरुमा रुबीको, घरबाट बाहिर निस्किएर काम गर्नुलाई, उनले लगाउने लुगालाई, कार्यक्रमको शिलशिलामा उनको होटलमा जानु पर्ने कुरालाई, कामको शिलशिलामा घर ढिला जाने कुरालाई, उनी अन्य सहकर्मी र समकक्षि पुरुषहरुसंग बोल्ने कुरा आदि ईत्यादिलाई रुबीको समाजले यति हदसम्म यातनाको विषय बनायो कि आत्माविश्वास बलियो हुँदा हुँदै पनि कैयौं पटक टुट्न पुगिन् उनी ।

समाजको नियम र मानिसहरुको अनावश्यकको कुरा काटाईले रुबीलाई धेरै पटक निराशा बनाएपनि उनले आफुभित्रको आशालाई कहिल्यै मर्न दिईनन् । उनले त्यही समाजको नियमलाई परिवर्तन गर्दै अघि बढिरहीन् । त्यसैको प्रतिफल हो हिजो आज उनी उनको समाज मात्र हैन पुरै बाँके जिल्लाको एउटा मुस्लिम समुदायको मिसाल बन्न सफल भएकी छन् ।

शुरु शुरुमा उनलाई नराम्रो भन्नेहरु नै हिजो आज उनलाई उदाहरण बनाउँदै आफ्ना घरका नानीहरुलाई स्वतन्त्र भएर काम गर्नकोलागि सघाईरहेका हुन्छन् रे । आफुलाई उदाहरण मानेर सबैले हिजो आज आफ्ना घरका छोरी बहीनीलाई घरबाट बाहीर निस्किएर काम गर्न दिएको कुरालाई रुबी यसरी सुनाउँछिन् । “बाहीर गएर काम गर्न तिमीलाई हामीले रोक्ने छैनौं तर रुबी जस्तो बनेर काम गर । ”

एउटै संस्थामा आवद्ध भएर काम गरेको झण्डै १ दशकको यात्रा रुबीले पार गरिसिकन् ।   निकै लामो र संर्घषशिल समय पार गरेपछि रुबी अहिले संस्थाको निर्देशक भएकी छन् । रुबी भन्छिन्,“यदि मम्मिले बुवाको पिटाई र धम्किबाट अनि समाजका कुराहरुबाट डराएर मलाई काम गर्न रोकेको भए मेरो पाईला ती दिनहरुमै रोकिने थिए । उहाँ मेरो आमा मात्रै हैन मेरो साथी पनि हो । आज म जे छुु पहिलो कुरा त म मेरो मम्मिको योगदानले छु । उहाँकै कारण म यो ठाउँसम्म आईपुगेकि छु ।” 

रुबी घरकी माईली छोरी हुन् । र उनी यस्ति छोरी हुन् जस्ले बुवापछिको सबै जिम्मेवारी निभाउनमा दाजु र भाईहरुको भन्दा कुनै कुरामा आफुलाई कम राखेकि छैनन् । बुवाको मृत्युपछि रुबीले सौतेनी आमा र उनी पट्टीका दुईभाईहरुसंग यस्तो सम्बन्ध कायम गरेकी छन् कि देख्नेहरु कसैले पनि यो दुई परिवार हो भन्दैन रे रुबी भन्छिन् ।

प्राय व्यक्तिहरु बाहीरको कामलाई जति मिलाउन सक्छन् त्यति उनीहरु आफ्नो घर भित्रकै समस्यालाई सुल्झ्याउन सकिरहेका हुँदैनन् । तर रुबी ती सबै भन्दा अलग छिन् । किनकी उनले सानैदेखि जानेकि छन् कि परिवारमा कलह हुँदा पुरै जिनदगीलाई नै कस्तो असर पर्छ भन्ने कुरा । त्यसैले उनको परिवार अन्य मुस्लिम समुदायको भन्दा धेरै फरक छ ।

उनले संघर्ष शुरु गरेको दिनको तुलनामा अहिलेको मुस्लिम समुदायको अवस्थाका विषयमा रुबी भन्छिन्,“धेरै त अझैंपनि होईन तर अहिलेको समाजलाई केही परिवर्तन भएको मान्नै पर्छ । नेपालमा विशेषगरि मुस्लिम छोरीहरुलाई खुला शिक्षाकोेलागि नेपाल सरकारले मुस्लिम बाहुल्य भएको ठाउँहरुमा सरकारी मदरसाको व्यावस्था गर्नु पर्ने अवस्था छ । र त्यो गरिनु पर्छ । तब मात्र चेतनाको स्तरमा मुस्लिम समुदायको विकास हुन सक्छ । जुन अझैं हुन सकिरहेको छैन ।”

आफ्नो पहिचानकोलागि र स्वाभिमानकोलागि संघर्षको लडाई अझैंपनि जारि नै छ भन्न रुचाउने रुबी खानले ५ वर्षसम्म राष्ट्रिय महिला अधिकार मञ्चको महासचिवको जिम्मेवरी सम्हालि सकेकी छन् । राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य भएर उनले ३ वर्षसम्म काम गरिसकेकी छन् ।

सानै उमेरदेखि थुप्रै अनुभवहरु बटुल्दै र संघर्षको यात्रा एक्लै तय गर्दै याहाँसम्म आईपुगेकी रुबी मुस्लिम समूदायबाट प्रतिनिधीत्व गर्ने एउटा असल र उदाहरणीय युवा महिलाको नामले चिनिन्छिन् ।


म, सडक, अनि मेरो जिन्दगी

 रुपनी जि.एम
बर्दिया ३१ असोज ।
“बिहान् अरु घरमा बसेर चिया पिउँछन्, म भने बिहानै ८ बजे सडक छेउमा घाँस काट्न जानु पर्ने हुन्छ । एउटा हातमा हँसिया अर्को हातमा लठ्ठी बोकेर म हरेक बिहान सडक छेउँ पुगेकै हुन्छु ।” यो भनाई हो, बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ का ज्ञान बहादुर खत्रीको ।

५७ वर्षीय ज्ञान बहादुर खत्री सोमबार बिहानै महेन्द्र राजमार्गको सडक छेउमा भेटिए । असोजको महिना मौसम अनुसार जाडो शुरु हुनु पर्ने हो । तर यो समय यतिबेला तराईमा जेठ बैशाषको जस्तो टन्टलापुर घाम र गर्मी उत्तिकै छ । त्यति पारिलो बिहानको निकै नै चर्किएको घामसंगै पसिना चुहाउँदै सडको एक छेउँतिर घाँस काट्दै गरको अवस्थामा मैले ज्ञान बहादुरलाई भेटें । 

बिहानको यस्तै साढे ८ बजेको हुँदो हो । मैले उनलाई आफ्नै सुरमा घाँस काट्दै गरेको अवस्थामा बाँसगढी नजिकै सडक छेउमा भेटें । देब्रे हातले लठ्ठीको साहारा लिदैं दाहीने हातले हँसिया समातेर सडक छेउमा पलाएका घाँस काट्दै थिए ज्ञान बहादुर । 

उमेरले झण्डै ६ दशक लाग्नै लागेका ज्ञान बहादुरमा उही जोश उही काम गर्ने जाँगर । मानौं उनीमा ५७ वर्षको नभई एउटा युवामा हुनु पर्ने जोंश र जाँगर छ । झट्ट हेर्दा फुर्तिला र स्वथ्य देखिने ज्ञान बहादुर नजिकै गएर कुरा गरेपछि थाहा भयो कि उनी हेर्दा जस्तो फुर्तिला र स्वथ्य रहेनछन् । 

नजिकै गएर कुरा गर्दा थाहा भयो कि उनको घाँटिदेखिको माथिको भाग निरन्तर हल्लि रहँदो रहेछ । जस्लाई मेडिकलको भाषामा न्युरोजेनिक अर्थात बे्रन सम्बन्धि समस्याका कारण उत्पन्न हुने रोग “टिक्स” भनिन्छ । उक्त रोगकोलागि सामान्य एक्सरे वा एमआरआई गर्दा पनि लगभग २० हजार जति खर्च हुने मनमोहन मेमोरियका डक्टर धर्मदत्त सुबेदी बताउँछन् ।

झण्डै २२ वर्षदेखि न्युरोजेनिक समस्याले ग्रसित ज्ञान बहादुर सामान्य एमआरआई गराउन त सकिरहेका छैनन् भने अप्रेसनको विषय त उनकोलागि आकाशको फल आखाँतरि मर भने झैं भाको छ । आर्थिक स्थिति कम्जोर भएकै कारण दैनिकी मात्रामा खानु पर्ने औषधि पनि उनले खान सकिरहेका छैनन् ।

घामपानी नभनि सडक छेउमै घाँस काटेर ज्ञान बहादुरले महिनाको १६ हजार कमाउने रहेछन् । त्यही कमाईबाट उनले आफुसंगै ६ जनाको परिवार पाल्नु परि रहेको छ । यस्तो अवस्थामा उनले कसरी आफ्नो स्वास्थ्य उपचार गर्न सक्थे र ? उनी भन्छन्,“परिवारमा कसैको मुख सानो छैन । सबैको खाने मुख ठुलो छ । १६ हजारले के नै हुन्छ र ? खान त जासो तसो पुगेकै छ । खाएर मात्रै नहुने । खाना भन्दा अरु कुरामा बेसी खर्च हुने   अवस्थामा मैले आफ्नो उपचारकालागि कसरी त्यतिका रकम जुटाउ सक्छु र ?” उनले पिडालाई पनि हाँसेरै अभिव्यक्त गरे ।

सडक डिभिजन कार्यालय नेपालगञ्जले राजमार्ग, साहायक राजमार्ग र पुलगरि ३ स्थानकालागि ९० जनाको संख्यामा मेक ओर्कर खटाएको छ । तीनै मध्यका एक हुन् ज्ञान बहादुर पनि । कार्यालय प्रमुख अरुण बमका अनुसार डिभिजन कार्यालय नेपालगञ्जले बाँके र बर्दिया गरि २ जिल्लामा मेक ओर्कर खटाएको छ । मेक वर्करले सुपरभाईजरको अन्डरमा रही काम गर्नु पर्ने हुन्छ ।

डिभिजन कार्यालय नेपालगञ्जको मतहतमा रही मेक ओर्करहरुले काररमा काम गरिरहेको प्रमुख बम बताउँछन् । मेक वर्करलाई थाई गर्ने विषयमा कार्यालय प्रमुख बम भन्छन्,“नियमावली अनुसार उनीहरुले करारमा काम गर्ने हो । र त्यही नियमावली अनुसार नै उनीहरु शारीरिक रुपमा अशक्त भएको खण्डमा उनीहरुले आफ्नो ठाउँमा परिवारका कुनै पनि सदस्दलाई राख्न पाउने व्यवस्था छ । तर थाईको व्यवस्था छैन ।”

सडक छेउको काम र पुलको काम भएको हुनाले शारीरिक रुपमा नै बलियो र फुर्तिलो  हुनु पर्ने हो तर ज्ञान बहादुर दुवै कुराले अशक्त छन् र पनि उनले काम गरिरहेका छन् । भन्छन्,“उमेर भएका छोराहरु यस्तो कम गर्न मान्दैनन् । सरकारले छोराहरुले चाहे जस्तो कामको व्यवस्था गर्न सक्दैन । छोराहरुले पनि नगर्ने र मैले पनि नगर्ने हो भने के खाएर बाँच्ने ? त्यसैले यो काम गर्नु मेरो बाध्यता नै हो ।”

काम सानो र ठुलो हुँदैन । काम काम नै हो । तर कामको ज्याला काम अनुसारको हुनु पर्छ । काम अनुसारको ज्याला भएन भने काम सानो र ठुलो भन्ने प्रकृतिमा बाँडिन जान्छ । जस्ले ज्ञान बहादुरले भने झैं युवाहरुकोलागि त्यही काम शान भन्दा अपमान भएको हुन जान्छ । नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनु पर्छ ।


Wednesday, December 2, 2015

तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?

           
                                                 तिम्रो कुमारत्वलाई कस्ले परिक्षण गर्ने ?
रुपनी जि.एम
नेपालगञ्ज बाँके


कुरा यही कार्तिक महिनाको तिहार ताकाको हो रे । रातीको १० बजे पछि नम्रतालाई उनको साथी सुशीलाको फोन आयो, र कुनै सम्बोधन नै नगरि शुरुमै सोधियो रे–“ओए ! मायामा विश्वास दिलाउन के शरिर नै सुुम्पनु पर्ने हो र ?” नम्रता अक्कनबक्क पर्छे र आश्चर्य मान्दै सोध्छे–“के भन्छे यो ? बौलाउन त लाईनेस् ? कस्ले के भन्यो र तलाई ?” अरु कस्ले हुन्छ र ? तलाई भनेकी थिएँ त ? उही के, मैले माया गर्ने गजे ।

गजे, पुरा नाम गजेन्द्र कार्की । घर झापाको सुरुङ्गा । गजेन्द्रसंग सुशीलाको भेट यही श्रावण महिना लैङ्गिक हिंसाका विषयमा पोखरामा सम्पन्न ३ दिने गोष्ठिमा भएको थियो । पेशाले दुवै जना कुनै एन.जि.ओमा काम गर्ने गर्दछन् । बुटवलकी सुशीलालाई झापाका गजेन्द्र कार्की त्यही गोष्ठि पश्चातको कुराकानीकै क्रममा विस्तारै मन पर्दै गई रहेको थियो । दुवैलाई दुवैको फोन दिनमा ५÷१० मिनेटकै किन नहोस् ३÷४ पटक नियमित हुन्थ्यो भने रातमा त घण्टौं हुने कुरा कुनै नौलो नै भएन । नम्रताले भनेकी । उमेर पुगेका केटाकेटी एक अर्कालाई मन पराउनु र एकआपसमा घण्टौंसम्म कुरा गर्नु कसैका लागी पनि कुनै विषयको कुरा होईन । त्यसैले सुशीला र गजेन्द्रको प्रेमलाई पनि चिनेजाने जति सबैले समर्थन गर्दै कुनै चर्चाको विषय नै बनाएनन् । तर आफ्नै प्रेम सुशीलाका लागी सोच्दै नसोचेको एउटा विषय बन्न पुग्यो । जस्ले आज सुशीलाको प्रेम कथालाई अधुरो बनाएर दुविधापुर्ण गोरेटोमा उभाई रहेको छ ।

“सान,ु तिमी मेरी हौ । यस्मा कुनै शंका नगर्नु तर पनि खै किन किन तिमी मेरा लागी कति योग्य छौं जाँच्न मन लागेको छ । तिमी अप्ठेरो मान्दिनौं भने मलाई तिमीसंग एक पटक शारिरीक सम्पर्क गर्न मन लागेको छ ।” गजेको प्रेम जब यसरी यो उद्वरण चिन्ह भित्र कैद भएको वाक्यहरुबाट छरपस्ट भयो त्यसपछि सुशीलालाई उनको आफ्नै प्रेमले दुविधाको गोरेटोमा उभ्याई दियो रे । नम्रताले भनेकी । जब आफुले माया गर्ने मान्छेले नै माया गरेकै आधारमा आधिपत्य जमाउदै पुर्णत शारिरीक र मानसिक रुपमा बलियो भएको पुरुष, जो न एउटी महिलाका लागी नत ऊ स्वयमका लागी नै योग्य हुदैन । त्यस्ताको प्रेमले भावि दिनहरुमा जीवनलाई के सुखी राख्ला ? भनेर सुशीलाले लत्याई दिईन् रे गजे अनि गजेको प्रेमलाई । नम्रताले भनेकी ।

गजे जस्ता कैयौं अनगन्ति पुरुषहरु छन्, जस्ले प्रेम गरेकै आधारमा त्यस्लाई बाहाना र अनेक थरी प्रलोभनमा पारि स्त्रीलाई केवल शरिरीको बली चढाउन बाध्य बनाई रहेका हुन्छन् । गजे र सुशीलाको त आखिर के नै भयो र ? कुरामा कुरा नमिल्दा प्रेम असफल भएको न हो । याहाँ त मनले मनसंग सम्बन्ध गाँसेकै आधारमा मनलाई विश्वास दिलाउनका निम्ति शरिरको बलि चढाउदा पनि प्रेम असफल बनेको छ प्रायको । यस्तै असफल हुनेमा एउटा अर्काे कथा दैलेखकी लिला र बर्दियाको धनन्जयको पनि हो । दुवैको भेट सुर्खेतको भूमिमा आज भन्दा झण्डै ५ वर्ष पहिला भएको थियो । स्नातकोत्तर तहको पढाई पुरा गर्न धनन्जय बस्नेत वि.सं. २०६८ सालमा सुर्खेत जाँदा त्याहाँ उनले लिला विष्टलाई भेटेका थिए । लिला पनि स्नातक तहको पढाईलाई पुरा गर्न दैलेखबाट सुर्खेत झरेकी थिईन सोही वर्ष । पढने तह फरक भए पनि भेट हुने समय भने प्राय एकै हुन्थ्यो उनीहरुको । प्रत्येक दिनको भेटले दुरी नजिक बनायो उनीहरुको । झण्डै ३ महिना बितेको हुँदो हो । उनीहरुको सम्बन्धले गति लिन लागेको । त्यति बेला धनन्जयले आफ्नो बिवाहको कुरा परिवारले चलाएको भन्दै झुठो बाहाना गरेछ ।

आफुले माया गरेको मान्छे अरु कसैको बन्छ कि भन्ने डर कस्लाई पो हुँदैन होला र ? लिलाको त्यही डरलाई धनन्जयले बुझ्यो र लिलालाई शारिरीक सम्पर्क भए मात्र विश्वासका साथ परिवारसंग आफुहरुको प्रेम सम्बन्धका बारेमा भन्न सकिने भन्दै यौन पिपासु बनेर लिलाको अस्मितालाई बलि चढाउन सफल भयो । लिलालाई त्यो शारिरीक सम्पर्कमा रत्ति भरि पनि कुनै पश्चाताप थिएन । किनभने उस्ले त धनन्जयलाई आफ्नो अस्मिता सुम्पिएर अनौपचारिक रुपमा श्रीमान मानी सकेकी थिई । त्यो पनि उसलाई विश्वास दिलाउनका लागि मात्र । जस्को नतिजामा बाँकी थियो त केवल प्रेमलाई औपचारिकताको शुत्रमा बाँध्दै विवाह गर्न ।

जुन कुराको बाचा दुवैले जागिर खाएर आफ्नो खुट्टामा उभिए पछि मात्र गर्ने भनेर गरेका थिए । उनीहरुको प्रेमसंगैको शारिरीक सम्पर्कले झण्डै ५ वर्षको यात्रा पुर गर्दै थियो । एकाएक असोजको २२ गते  धनन्जयको फेसबुकमा उ अरु नै केटीसंग बैबाहीक जीवनमा गाँसिएको फोटो लिलाले देख्न पुगी । एउटी स्त्रीका लागि त्यो जस्तो असैह्य पिडा अरु के नै हुन सक्छ ? हामी सजिलै अनुमान गर्न सक्छौं । जस्को दुखाई अहिलेसम्म लिलाले सहनु परि रहेको छ । सुशीला र लिला त प्रतिनीधि पात्र मात्र हुन् । यस्तो पिडाबाट बिच्छिप्त भएका स्त्रीहरु गन्न नसकिने संख्यामा छन् । तपाँई हाम्रो समाजमा ।

कस्तो अचम्म ? स्वतन्त्र भएर माया पनि गर्न नपाईने भयो यो शहरमा अब त । केटीले केटालाई विहे गर्छु भन्नु त टाढाको कुरा, माया गर्छु सम्म भन्ने हो भने पनि त्यस्का लागि परिक्षामा पास हुनु पर्ने । त्यो पनि अस्मिताको बलि चढाएर । सरल भाषामा भन्ने हो भने माया गरेको केटालाई आफ्नो कुमारीत्व परिक्षण गर्न दिनु पर्ने रे । त्यस्मा पास भयो भने विहे नभए यो गति छाडा । प्रश्न उठन सक्छ कि, किन कुमारीत्व परिक्षण गर्न दिने त ? भन्ने । एक पटकका लागि सुशीला र लिलाले झैं पवित्र आत्माले कसैलाई माया गरि हेर्नहोस् । अनि थाहा हुनेछ तपाँईलाई माया गर्ने मान्छेलाई गुमाउदाको डर भन्दा ठूलो कुरा कुमारीत्व हुदैन भन्ने ।

यो लेख पढ्ने तपाँई जो कोही पाठकलाई मेरो प्रश्न । के प्रेममा विश्वास दिलाउनका लागी शरिर सुम्पनै पर्ने हो त ? यदि हो भने, के त्यो एउटी स्त्रीलाई उनको आत्मा सम्मानमा ठेस पु¥याउँदै अस्मिताको बलि चढाउन बाध्य बनाईएको होईन र ? यदि यो कुरामा सहमति जनाउन कुनै आनाकानी हुदैन भने कस्ले दिएको छ त, त्यो पुरुषलाई यी सबै कुराहरु गर्न छुट ? जस्ले पवित्र मनले साँचो माया गरिरहेकी एउटी स्त्रीको हृदयलाई छियाछिया पार्दै दुखाई रहेको होस् जीवन भरि । अनि प्रेम गरेकै बाहानामा विश्वासको परिपाटि बनाउन केवल अस्मिताको बलि चढाउन परि रहोस् जीवन भरि ।

एकपटक आफैले आफैलाई यो प्रश्न गरि हेरौं । पुरुष भएर जन्मिएकै कारण के तपाँईले यी सबै कुराहरु गर्नै पर्ने हो र ? के तपाँईलाई  पुरुष भएकै नाताले यी सबै कुरा गर्न अधिकार दिईएको छ ? या फेरी लाग्दछ तपाँईलाई कि, एउटी स्त्रीको अस्मितासंग खेल्न तपाँई स्वतन्त्र हुनुहुन्छ ? यदि यस्तो लाग्दछ भने यो लेखिकाको तपाँईलाई मात्र एउटै प्रश्न कि तपाँई को हो ? विवेकी पुरुष ? या विवेक गुमाएको पुरुष ? यो विषयमा गम्भिर हुने प्रयास गर्नुहोस् । उत्तर तपाँई स्वयमले नै भेट्नु हुनेछ । र जब भेट्नु हुनेछ तब तपाँई एउटी स्त्रीको नजरमा सधैं प्रिय बनि रहनु हुनेछ । अनि मात्र तपाँई यो समाजका लागि  एउटा सभ्य र सालिन पुरुषको परिचयबाट चिनिनु हुनेछ । त्यसैले यो विषयमा अहिले नसोंचे कहिले साेंच्ने ? मानसिकतामा परिवर्तन अझैं नगरे कुन दिन गर्ने ? अनि महिलालाई सम्मान बोलीले मात्र हैन व्यबहारले यो समयमा नगरे कुन समयमा गर्ने ? अझैं पनि परिवर्तन हुने पालो तपाँई र तपाँईकै सोचाईको हो ।